स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा रेनुले बढाइन् अग्रता, विजयभन्दा तीन हजार मतान्तरले अगाडि

इकागज |
जेठ ५, २०७९ बिहीबार ७:१८ बजे

काठमाडौँ - भरतपुर महानगरपालिकामा नेकपा माओवादीका तर्फबाट मेयरका उम्मेदवार रेनु दाहालले प्रतिद्वन्द्वी उम्मेदवारभन्दा तीन हजार बढीको मतान्तर कायम गरेकी छन् ।

३८ हजार ८६४ गणना गर्दा रेनुले १४ हजार ७६६ मत प्राप्त गरेकी छन् । उनलाई एमालेका विजय सुवेदीले  ११ हजार ७६५ मत ल्याएर पछ्याइरहेका छन् । रेनु विजयभन्दा तीन हजार एक मत अगाडि छन् । 


अर्का उम्मेदवार जगन्नाथ पौडेल (स्वतन्त्र)ले ६०९० मत ल्याएका छन् । उपमेयरमा चित्रसेन अधिकारी (गठबन्धन): १७ हजार ०९६ मतका साथ अग्र स्थानमा छन् भने हिमला गुरुङ(राप्रपा): ९ हजार मत ल्याएर पछ्याइरहेकी छन् ।


Author

थप समाचार
x