बाबुराम भट्टराईको गृहनगर पालुङटारमा माओवादीको जित
काठमाडौं - गोरखाको पालुङटारमा माओवादी केन्द्र विजयी भएको छ । जनता समाजवादी-एमाले गठबन्धन र कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीका उम्मेदवार विवस चिन्तन विजयी भएका हुन् ।
उनले ६०७२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५७१७ मत ल्याए । पालुङटार पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर हो । नगरमा जसपाले एमालेसँग गठबन्धन गरेको थियो ।
उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भएकी छन् । उनले ५५७९ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५०७७ मत पाएकी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया