स्थानीय तह निर्वाचन
साढे पाँच सय पालिकाको नतिजा सार्वजनिक: झण्डै आधामा कांग्रेसको जित, अरु कसले कति जिते ?
नेकपा एसभन्दा जसपा अगाडि
काठमाडौँ - स्थानीय तह निर्वाचनको मतगणना जारी छ । देशभरका आधा बढी पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । हालसम्म नतिजा सार्वजनिक भएका ५५० पलिकामध्ये सबै बढी नेपाली कांग्रेसले जितेको छ ।
कांग्रेसले हालसम्म झण्डै साढे दुई सय पालिकामा जित हात पारेको छ । हालसम्म कांग्रेसले २४६ पालिका प्रमुखमा जित हात पारेको छ । कांग्रेस अझै ७४ पालिकामा अग्र स्थानमा छ ।
उपप्रमखुमा पनि कांग्रेस पहिलो नै छ । कांग्रेसले हालसम्म २२७ पालिकामा उपप्रमुख जितेको छ भने ७१ पालिका उपप्रमुखमा अग्रता बनाएको छ ।
हालसम्म दोस्रो पार्टीका रूपमा देखिएको एमाले कांग्रेसभन्दा निकै पछि छ । एमालेले हालसम्म १५५ पालिका प्रमुख जितेको छ भने ४१ पालिकामा अग्रता बनाएको छ । एमालेले १६६ पालिकामा उपप्रमुख जितेको छ भने ६८ पालिकामा अग्रता बनाएको छ ।
तेस्रोमा रहेको माओवादी केन्द्रले हालसम्म १०४ पालिका प्रमुख जितेको छ भने १३ पालिकामा अगाडि छ । माओवादीले ११० पालिकामा उपप्रमुख जित्दा १६ पालिकामा अग्रता बनाएको छ ।
हालसम्मको परिणामअनुसार जसपा चौथो दलका रूपमा रहेको छ । १४ पालिका प्रमुख जितेको छ भने २० पालिकामा अग्रता बनाएको छ । १३ उपप्रमुख जितेको जसपा १४ पालिकामा अगाडि छ ।
नेकपा एकीकृत समाजवादीले हालसम्म १० पालिका जितेको छ भने १० पालिकामा अगाडि छ । १७ पालिकामा उपप्रमुख जितेको समाजवादी ३ पालिकामा अगाडि छ ।
लोसपाले एक पालिका प्रमुख जितेको छ भने ११ पालिकामा अगाडि छ ।
माथि उल्लेखित प्रमुख दलहरूभन्दा अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले पनि धेरै पालिकामा जित हात पारेका छन् । हालसम्म १९ पालिकामा अन्य उम्मेदवार विजयी भएका छन् भने १३ पालिकामा अग्रता छ । उनीहरूले १२ पालिकामा उपप्रमुख जित्दा अझै ५ पालिकामा अग्रता बनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया