स्थानीय तह निर्वाचन २०७९

नीलकण्ठको मेयर पद पुन: भीमप्रसाद ढुङ्गानाको काँधमा

इकागज |
जेठ ५, २०७९ बिहीबार १०:१७ बजे

काठमाडौँ - धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा भीमप्रसाद ढुंगाना विजयी भएका छन् । बुधबार साँझ अबेर सम्पन्न मतगणना अनुसार मेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका ढुंगाना विजयी भएका हुन् ।  ढुंगानाले १३ हजार ६ सय ७५ मत ल्याएर मत ल्याउँदा उनका प्रतिस्पर्धी  नेपाल कम्युनिष्ट पार्टी (एमाले) गंगा देवी श्रेष्ठले ८ हजार ६ सय ८४ मत पाइन् ।

उप-मेयरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार  दिपक विश्‍वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का फन्द्रा तामाङलाई पराजित गरेका हुन्। विश्वकर्माले  ९ हजार ३ मत पाउँदा एमालेका तामाङले ७ हजार ७ सय ८० मत मात्र प्राप्त गरे। 


ढुङ्गाना २०७४ सालको निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए ।

 


Author

थप समाचार
x