स्थानीय तह निर्वाचन २०७९

विराटनगरमा नागेशको फराकिलो अग्रता, एमालेका थापाभन्दा ४ हजार बढी मतले अगाडि

इकागज |
जेठ ५, २०७९ बिहीबार १०:५७ बजे

विराटनगर – विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार नागेश कोइरालाले अग्रता फराकिलो बनाइरहेका छन् । ५९ हजार ८ सय ३० मत गन्दा कोइरालाले १९ हजार १ सय ७३ मत प्राप्त गरेका छन् । 

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापा १४ हजार ३ सय ३८ मतसहित दोस्रो स्थानमा छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादव ६ सय १ सय ८५ ल्याएर तेस्रो स्थानमा छन् । 


उपमेयरमा भने सत्तारुढ गठबन्धनबाट उपमेयर उम्मेदवार अमरेन्द्र यादव ९ हजार ८ सय १५ मतसहित दोस्रो स्थानमा छन् । उपेन्द्र यादवका छोरासमेत रहेका यादवलाई एमालेका शिल्पा कार्की १६ हजार ७ ५२ मत पाएर अग्रस्थानमा छन् । 


Author

थप समाचार
x