स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा ४० हजार ९६३ मत गणना हुँदा रेनु तीन हजार १२६ ले अगाडि

इकागज |
जेठ ५, २०७९ बिहीबार ११:१५ बजे

चितवन - भरतपुर महानगरपालिकाको मेयरका नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३ हजार १ सय २६ मतले अग्रता लिएकी छन् ।  ४० हजार ९ सय ६३ मत गणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी उनले १५ हजार ५ सय ९३ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ३ सय ८७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ४ सय ३ मत ल्याएका छन् ।


उपमेयरका उम्मेवार चित्रसेन अधिकारी १७ हजार ९ सय ७० र हिमला गुरुङले ९ हजार १ सय ६१ ल्याएकी छन् ।

महानगरमा मतदाता १ लाख ८५ हजार ७ सय ५२ जना छन् ।  २९ वडामा कुल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेको छ । ६८ दशमलव ६८ प्रतिशत खसेको हो ।

 

 


Author

थप समाचार
x