भरतपुरमा रेनले बढाउँदै अग्रता, विजय ३ हजार १२८ मतले पछि परे
चितवन- भरतपुर महानगरपालिकाको मेयरका नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३ हजार १ सय २८ मतले अग्रता लिएकी छन् । ४१ हजार ४ सय १४ मत गणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी उनले १५ हजार ७ सय ४७ मत प्राप्त गरेकी छन् ।
नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ६ सय १९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ५ सय १३ मत ल्याएका छन् ।
सुवेदी भन्दा रेनु ३ हजार १ सय २८ मतले अगाडि छिन् ।
उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी १८ हजार २ सय ४० र हिमला गुरुङले १० हजार १ सय ३६ ल्याएकी छन् ।
महानगरमा मतदाता १ लाख ८५ हजार ७ सय ५२ जना छन् । २९ वडामा कुल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेको छ । ६८ दशमलव ६८ प्रतिशत खसेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया