स्थानीय तह निर्वाचन २०७९

चौकुनेमा बहुमतसहित माओवादी विजयी

इकागज |
जेठ ५, २०७९ बिहीबार १३:१४ बजे

सुर्खेत - पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका खड्ग विक ५ हजार ४७६ मतसहित पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरि अधिकारीले तीन हजार ४ सय १४ मत प्राप्त गरे ।

०७४ मा पालिकाको अध्यक्ष, उपाध्यक्ष नै जितेको एमाले अहिले पराजित भभएको हो । उपाध्यक्ष भने नेपाली काँग्रेसले जितेको छ । कांग्रेसका नर बहादुर बान्तोलाले ४ हजार ७ सय ९१ मतसहित उपाध्यक्षमा निर्वाचित हुँदा निवर्तमान उपाध्यक्ष एमालेकी निर्मला मगरले ३ हजार ९ मत प्राप्त गरिन् ।


यस्तै एकीकृत समाजवादीका नारा प्रसाद देवकोटाले ७ सय १५ मत प्राप्त गरे । ०७५ को स्थानीय तहको निर्वाचनमा कुनै पनि पालिकामा नेतृत्व नपाएको माओवादीले यो पटक बहुमतसहित चौकुनेमा विजयी प्राप्त गरेको छ । पालिकामा काँग्रेस माओवादीको गठबन्धन थियो । 


Author

थप समाचार
x