स्थानीय तह निर्वाचन २०७९

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालकै अग्रता, कटाए १५ हजार मत, कांग्रेसका वडभन्दा ७ हजारले अगाडि

इकागज |
जेठ ५, २०७९ बिहीबार १३:१५ बजे

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृत कार्यालयले बिहीबार दिउँसो १ बजे सार्वजनिक गरेको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १५ हजार ४ सय २८ मत पाएका छन् । 

हमालका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ७ हजार ५९६ र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार ५१३ मत पाएका छन् । हमाल र वडबीच ७ हजार ८३२ मतको अन्तर छ । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६ हजार ९८३ मतका साथ लिड गरिरहेकी छिन् । एमालेकी कन्दकला रानाले ६ हजार ९६ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार ८४८ मत पाएका छन् ।


अहिलेसम्म वडा नम्बर १, २, ३, ४, १६, १७, १८ र १९ को मतगणना सम्पन्न भएको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए ।


Author

थप समाचार
x