स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा ४२ हजार ४५३ मत गणना : कसले कति ल्याए ?

इकागज |
जेठ ५, २०७९ बिहीबार १४:१३ बजे

चितवन- भरतपुर महानगरपालिकाको मेयरका नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३ हजार २ सय १४ मतले अग्रता लिएकी छन् ।  ४२ हजार ४ सय ५३ मत गणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी उनले १६ हजार १ सय २३ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ९ सय ९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ६ सय ४७ मत ल्याएका छन् ।


उपमेयरका उम्मेवार चित्रसेन अधिकारी १८ हजार ६ सय १८ र हिमला गुरुङले १० हजार ३ सय ७५ ल्याएकी छन् ।

महानगरमा मतदाता १ लाख ८५ हजार ७ सय ५२ जना छन् ।  २९ वडामा कुल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेको छ । ६८ दशमलव ६८ प्रतिशत खसेको हो ।

 


Author

थप समाचार
x