स्थानीय तह निर्वाचन २०७९

मेयर बन्न अधिकृतबाट राजीनामा दिए, पराजित भए, फेरि अधिकृतमा नाम निस्किएपछि जागिरमा फर्किए

इकागज |
जेठ ५, २०७९ बिहीबार १४:५३ बजे

काठमाडौं– अधिकृत पदबाट राजीनामा दिएर स्थानीय तह चुनावमा होमिएका कञ्चनराज गिरी फेरि सरकारी सेवामै फर्किएका छन् । गिरीले अहिले फेरि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको अधिकृतमा नाम निकालेका छन् । विद्युत प्राधिकरणको अधिकृतका लागि अन्तर्वार्ता दिएकै दिन उनले प्रतिष्ठानमा लिखित परीक्षा दिएका थिए । 

२२औं पटकको लोकसेवा परीक्षाबाट नेपाल विद्युत प्राधिकारणको अधिकृत बनेका गिरीले काभ्रेको बनेपा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिन अधिकृतबाट गत चैतमा राजीनामा दिएका थिए । 


नेपाली कांग्रेसका शान्तिरत्न शाक्यले १३ हजार ७९३ मत ल्याएर मेयर जित्दा पुतली चिन्ह पाएका गिरीले १४८ मत पाए । ​बिहीबार बिहान सार्वजनिक भएको मतपरिणामअनुसार जमानत जफत नै हुने गरी मेयरमा पराजित भएका हुन् ।

राजनीतिक वृत्तमा पुरानै दल र सोच भएका मानिसहरू भएसम्म मुलुक समृद्ध नहुने निष्कर्षसहित उनी जागिरबाट राजीनामा दिएर चुनावमा होमिएका थिए । 


Author

थप समाचार
x