स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा ४३ हजार ३५३ मत गणना हुँदा कसले कति मत पाए ?

इकागज |
जेठ ५, २०७९ बिहीबार १५:४१ बजे

चितवन- भरतपुर महानगरपालिकाको मेयरका नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३ हजार २ सय ७१ मतले अग्रता लिएकी छन् ।  ४३ हजार ३ सय ५३ मत गणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी उनले १६ हजार ४ सय ४७ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १३ हजार १ सय ७६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ७ सय ९९ मत ल्याएका छन् ।


महानगरमा मतदाता १ लाख ८५ हजार ७ सय ५२ जना छन् ।  २९ वडामा कुल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेको छ । ६८ दशमलव ६८ प्रतिशत खसेको हो ।


Author

थप समाचार
x