स्थानीय तह निर्वाचन २०७९

इटहरी उपमहानगरमा कांग्रेसका पौडेलको अग्रता कायमै

इकागज |
जेठ ५, २०७९ बिहीबार १६:२० बजे

काठमाडौं–सुनसरीको इटहरी उपमहानगरपालिकामा मेयर पदमा कांग्रेसका हेम कर्ण पौडेलले फराकिलो अग्रता बनाएका छन्  । उनले एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ​  सुब्बालाई २ हजार ९ सय २५ मतले पछाडि छाडेका छन् । कांग्रेसका उम्मेदवार पौडेलले १९ हजार २ सय ६४ मत ल्याउँदा एमालेका सुब्बाले १६ हजार ३ सय ३९ मत ल्याएका छन् ।

उपमेयरमा भने एमालेकी संगीताकुमारी चौधरीले अगाडि छिन् । उनले १८ हजार ९ सय ९५ मत ल्याउँदा एकीकृत समाजवादीका केशवकुमार विष्टले ११ हजार १ सय १४ मत ल्याएका छन् । 



Author

थप समाचार
x