७५३ स्थानीय तहका ८० प्रतिशत प्रतिनिधि निर्वाचित– निर्वाचन आयोग
काठमाडौं – गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको ८० प्रतिशत पदाधिकारी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७५३ मध्ये ८० प्रतिशत प्रतिनिधि निर्वाचित भएको बताए ।
आयोगका अनुसार ७ सय ५३ मध्ये ५ सय ७० वटा स्थानीय तहको नतिजा आएको छ । कुल ३५ हजार २ सय २१ मध्ये २९ हजार ३ सय ३ पदाधिकारी निर्वाचित भएका हुन् ।
नगर प्रमुख र उपप्रमुखमा १ सय ७४ प्रतिनिधि निर्वाचित भएका छन् भने पालिका अध्यक्ष र उपाध्यक्षमा ३ सय ९६ प्रतिनिधि निर्वाचित भएका छन् ।
त्यस्तै, वडाध्यक्षमा ५ हजार ६ सय ५९ प्रतिनिधि निर्वाचित भएका छन् । महिला सदस्यमा ५ हजार ६ सय ५३, दलित महिला सदस्यमा ५ हजार ५ सय ५६ र वडा सदस्यमा १ हजार २ सय ९५ प्रतिनिधि निर्वाचित भएका छन् ।
जेठ ५ गतेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने आयोगको लक्ष्य भए पनि विभिन्न कारणले पूरा नभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनले मतगणना बाँकी रहेका स्थानीय तहमा गणकहरुको संख्या बढाएर जतिसक्दो चाँडो परिणाम सार्वजनिक गराउन आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । पुनः मतदान भएका तहहरुको हकमा मतदान सम्पन्न भएको मितिले ४ दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।
परिणाम नआएका स्थानीय तहहरु रिक्त हुने वा त्यसको संवैधानिक अवस्था के हुने भन्नेमा सरकारले नै निर्णय गर्नुपर्ने आयोगको भनाइ छ । पौडेलका अनुसार मतगणना बाँकी रहेका स्थानीय तहमा गणकहरुको संख्या बढाएर जतिसक्दो चाँडो परिणाम सार्वजनिक गराउन आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । पुनः मतदान भएका तहहरुको हकमा मतदान सम्पन्न भएको मितिले ४ दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।
‘जुन पालिकाहरुमा नयाँ पदाधिकारीहरुले पद सम्हाल्ने स्थिति हुँदैन, त्यहाँ केही दिनले त्यति ठूलो फरक त नपर्ला । तर, त्यो समयमा रिक्त हुन्छ वा हुँदैन वा के हुन्छ भन्नेमा निर्वाचन आयोगले भन्दा सरकार र संघीय मन्त्रालयले भन्नु उपयुक्त हुन्छ’, प्रवक्ता पौडेलले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया