स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा ४५ हजार ६० मत गणना हुँदा रेनुको अग्रता कायमै

इकागज |
जेठ ५, २०७९ बिहीबार १७:२८ बजे

चितवन- भरतपुर महानगरपालिकाको मेयरका नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३ हजार २ सय ७९ मतले अग्रता लिएकी छन् ।  ४५ हजार ६० मत गणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी उनले १६ हजार ६ सय ८९ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १३ हजार ४ सय १० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९ सय १५ मत ल्याएका छन् ।


नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी १९ हजार ३ सय १२ हिमला गुरुङले १० हजार ७ सय ७९ मत प्राप्त गरेकी छिन् ।

महानगरमा मतदाता १ लाख ८५ हजार ७ सय ५२ जना छन् ।  २९ वडामा कुल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेको छ । ६८ दशमलव ६८ प्रतिशत खसेको हो ।


Author

थप समाचार
x