मकवानपुरका स्थानीय तहका जनप्रतिनिधिले लिए सपथ
मकवानपुर - स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनियताको सपथ लिएका छन् ।
मकवानपुर जिल्लाको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले आज पद तथा गोपनियताको सपथ ग्रहण लिएका हुन् ।
जिल्लाको १० वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहको मतगणना सम्पन्न भए पनि पहिलो चरणमा उपस्थित भएका ५ वटा स्थानीय तहको प्रमुखले सपथ गरे। उनीहरुलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश डिल्लीरत्न श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।
श्रेष्ठले इन्द्रसरोवर गाउँपालिका प्रमुखमा निर्वाचित देवकृष्ण पुडासैनी, भीमफेदी हिदम लामा, राक्सिराङ राजकुमार मल्ल, मकवानपुर गढीगाउँपालिका दोर्जे लामा र बकैया गाउँपालिका प्रमुख धर्म लामिछानेलाई सपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहण समारोहमा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्थानीय तहका प्रमुखलाई जनताको सुखदुखको साथी बन्दै जनभावना अनुसार काम गर्न सुझाएका थिए ।
थाहा नगरपालिका, मनहरी र कैलाश गाउँपालिकाको दोस्रो चरणमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ भने हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको मतगणना जारी रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया