स्थानीय तह निर्वाचन २०७९

हजुरबुबालाई हराएका नाति उनैसँग आशीर्वाद लिन पुगे

इकागज |
जेठ ५, २०७९ बिहीबार १८:१९ बजे

तस्विर: प्रकाश व्यन्जनकारको फेसबुकबाट

काठमाडौँ - ललितपुर महानगरपालिका-१० मा हजुरबुबालाई हराएर वडाध्यक्ष बनेका नाति रबिनमान ब्यञ्जनकार जितपछि उनै हजुरबुबासँग आशीर्वाद लिन पुगेका छन् । २०२९ सालदेखि लगातार स्वतन्त्र उठेर वडाध्यक्ष जित्दै आएका ८१ वर्षिय नरसिंह व्यञ्जनकारलाई उनकै नाति रविनमानले यसपटकको निर्वाचनमा भने पराजित गरेका छन् । नरसिंह यसअघि १० पटक वडाध्यक्ष बनिसकेका छन्।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका नातिसँग प्रतिस्पर्धा गरेका हजुरबुबाले ११ औं पटकका लागि भने वडा सम्हाल्ने जिम्मा पाएनन् । पुतली चिह्न लिएर स्वतन्त्र उठेका हजुरबुबा नातिसँग २ सय ८२ मतले पराजित भए।  यसपटकको निर्वाचनमा हजुरबुबा नरसिंहले ५ सय ४३ मत पाउँदा नाति रविनले ८ सय २५ मत पाएका थिए । जितपछि रविन हजुरबुबासँग आशीर्वाद लिन उनको निवास पुगेका थिए । 



Author

थप समाचार
x