स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा बिजयमाथि रेनु झन् झन् बलियाे बन्दै

इकागज |
जेठ ५, २०७९ बिहीबार १८:५९ बजे

चितवन- भरतपुर महानगरपालिकाको मेयरका लागि नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३ हजार २ सय ६४ मतले अग्रता लिएकी छन् ।  

४५ हजार ७ सय ६२ मत गणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी उनले १७ हजार २ सय ९० मत प्राप्त गरेकी छन् ।


नेकपा एमालेका उम्मेदवार बिजय सुवेदीले १४ हजार २० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ४० मत ल्याएका छन् ।

नेपाली कांग्रेसका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी १९ हजार ८ सय ४८ हिमला गुरुङले ११ हजार २ सय १९ मत प्राप्त गरेकी छिन् ।

महानगरमा मतदाता १ लाख ८५ हजार ७ सय ५२ जना छन् ।  २९ वडामा कुल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेको छ । ६८ दशमलव ६८ प्रतिशत खसेको हो ।

 


Author

थप समाचार
x