बर्दिबास नगरपालिकाको मेयर र उपमेयर दुवैमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै
काठमाडौं –महाेत्तरीकाे बर्दिबास नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले अग्रता लिएका छन् ।
हालसम्मका मतगणनामा मेयर पदमा प्रहलादकुमार क्षेत्रीले १० हजार ६३ मत ल्याएर अग्र स्थानमा छन् भने उनका प्रतिस्पर्धी नेकपा माओवादीका राजु खड्काले ६ हजार १ सय ११ मत ल्याएका छन् ।
उपमेयरमा तारा देवीले ६ हजार ९ सय ५० मत ल्याएर अग्र स्थानमा छिन् । माओवादीकी कृष्णमाया गौतामले ५ हजार ९ सय १६ मत ल्याएर तार देवीलाई पछ्याइ रहेकी छिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया