पोखरा महानगरमा धनराजको अग्रता कायमै, एमालेका थापा २८ सय बढी मतले पछाडि
पोखरा – पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । आचार्यले एमालेका उम्मेदवार कृष्ण थापा भन्दा २ हजार ८ सय ४५ मत बढी ल्याएका छन् ।
हालसम्म ५८ हजार १ सय २२ मत गणना हुँदा आचार्यले २४ हजार ३२ मत पाएका छन् भने एमालेका थापाले २१ हजार १ सय ८७ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट अग्रस्थानमा छिन् । उनले २४ हजार ३ सय ४ मत प्राप्त गरेकी छिन् ।
उनकी प्रतिस्पर्धी एमालेकी मञ्जु गुरुङले २४ हजार २ सय ६ मत ल्याएकी छिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया