स्थानीय तह निर्वाचन २०७९

ओलीको गृहनगर दमकमा राप्रपाको अग्रता, एमालेकी अधिकारी ६ सय ४४ मतले पछाडि

इकागज |
जेठ ५, २०७९ बिहीबार २२:३६ बजे

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको मेयर पदमा एमालेकी उम्मेदवार गीताकुमारी पौडेल ६ सय ४४ मतले पछाडि परेकी छिन् ।

उनले १४ हजार ५ सय ४८ मत ल्याउँदा राप्रपाका उम्मेदवार रामकुमार थापाले १५ हजार १ सय ९२ मत पाएका छन् ।  थापा गठबन्धनका उम्मेदवार हुन् ।


उपमेयरमा पनि कांग्रेसकी उम्मेदवारले अग्रता बनाएकी छिन् ।

गठबन्धनबाट उपमेयरकी उम्मेदवार नेकपा कांग्रेसकी रेगिना भट्टराईले १४ हजार ६ सय १८ मत ल्याएकी छिन् भने एमालेका उम्मेदवार अम्बिकाप्रसाद खनालले १४ हजार ३ सय २१ मत ल्याएका छन् । 
 


Author

थप समाचार
x