स्थानीय तह निर्वाचन २०७९

झापाको अर्जुनधारामा गठबन्धनलाई एमाले एक्लै भारी बन्दै

इकागज |
जेठ ५, २०७९ बिहीबार २२:४७ बजे

काठमाडौं–झापाको अर्जुनधारा नगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार विरुद्ध एमालेका उम्मेदवार एक्लै भारी बनेको देखिएको छ । हालसम्मको मत गणनामा मेयर पदमा एमालेका  उम्मेदवार बलदेव गोम्देनले १६ सय मतको अग्रता बनाएका छन् ।

उनले ११ हजार ५ सय ४६  मत ल्याएर पहिलो स्थानमा छन् । दोस्रो स्थानमा रहेकी कांग्रेसकी रंजिता कार्कीले ९ हजार ९ सय ४६ मत ल्याएकी छिन् ।  


यस्तै उपप्रमुखमा  एमालेकी खड्गमाया पराजुलीले ११ हजार २ सय ७३ मत ल्याएर पहिलो स्थानमा छिन् । गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका जितेन जोन्जनले ६ हजार २ सय मत ल्याएका छन् । 


Author

थप समाचार
x