स्थानीय तह निर्वाचन २०७९

काठमाडाैँ महानगरकाे ताजा मत परिणाम सार्वजनिक : बालेन झन्डै दाेब्बर मतले अगाडि

इकागज |
जेठ ६, २०७९ शुक्रबार ३:३० बजे

काठमाडाैं – काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । सुरुवातबाटै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।

प्राप्त पछिल्लो अपडेट अनुसार स्वतन्त्र पदका बालेनले २५ हजार ६ सय ६२ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापित १३ हजार ४ सय ९९ मत पाएका छन्। कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् ।


उप मेयर मेयरमा नेकपा एमालेकी सुनिता डंगोलले २३ हजार ८ सय ३७ मत ल्याएर अग्रस्थानमा छिन् । डंगोललाई नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ हजार ५ सय ७६ मत ल्याएर पच्छ्याइरहेका छन् ।

बालेनले चुनाव चिन्ह लौरो लिएर स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेका हुन् ।

बालेनसँग नेपाली कांग्रेसकी नेतृ सिंह, एमालेका स्थापितलगायत बलिया उम्मेदवार चुनावी मैदानमा छन् । सिंह कांग्रेसका प्रभावशाली नेता प्रकाशमानकी श्रीमती मात्रै हैन, एक् सफल नेतृ हुन् । नेपाली कांग्रेसभित्र सिर्जनाको छुट्टै राजनीतिक पहिचान छ ।

उता एमालेका स्थापित राजनीतिका कुशल खेलाडी हुन् । उनले काठमाडौंको मेयर पदमा एक कार्यकाल काम गरेर  अनुभव पनि बटुलिसकेका छन् ।

स्वतन्त्रबाटउम्मेदवारी दिएसँगै बालेन एकाएक चर्चामा आए । पेसाले इञ्जिनियर रहेका शाहमाथि सहानुभूति नै ओइरियो काठमाडौंबासीको । 

अझैसम्म उनकाे अग्रता कायम हुनुले पनि स्थापित दलका उम्मेदवारकाे शीर  निहुरिएकाे छ । चुनावी मतपरिणामले एमालेका केशव र कांग्रेसकी सिंह निरीह बनेका छन् ।

चुनावी अभियानका क्रममा बालेनकाे क्रेजमाथि अनेक धावा बाेलेका उनीहरुमाथि नै अहिले उनै बालेन हावी भएका छन् । उनले देशकै प्रमुख राजनीतिक दल । जसको संगठन बलियो छ । सरकार छ । उनैलाई मतगणनाको सुरुआतीदेखि नै पछाडि पारिरहेका छन् । उनको अग्रता कायमै छ । 

यीबाहेक अन्य राजनीतिक दल अनि स्वतन्त्रबाट पनि महानगर हाँक्ने सपनाका साथ धेरैले नेतृत्वका लागि चुनावी मैदानमा होमिएका छन् । 


Author

थप समाचार
x