इनरुवा नगरपालिकामा कांग्रेस विजयी
काठमाडौं–सुनसरीको इनरुवा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ ।
मेयरमा कांग्रेसका उम्मेदवार केदार भण्डारी र उपमेयरमा विनीताकुमारी मेहेताले एमालेका उम्मेदवारलाई हराउँदै विजयी भएका हुन् ।
मेयर पदमा निर्वाचित भण्डारीले ११ हजार ८ सय २४ मत ल्याएका छन् ।
उनका प्रतिस्पर्धी एमालेका सरोजकुमार पोखरेलले ९ हजार ५३ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा निर्वाचित मेहताले ११ हजार ४ सय ८० मत ल्याउँदा उनकी प्रतिस्पर्धी एमालेकी सहजादी प्रविन (आलम)ले ९ हजार ३ सय ३७ ल्याएकी छिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया