हेटौँडामा समाजवादीकी लामा १७ सय बढी मतले अगाडि
हेटौँडा- हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले १७ सय ७२ मतान्तरले अग्रता कायम गरेकी छिन् । हालसम्म ६३ हजार १ सय २४ मतगणना भइसकेको छ । अहिले सम्मको गणनामा समाजवादीकी लामाले १९ हजार ९ सय ६४ मत ल्याएकी छिन् ।
नेकपा एमालेका अनन्तप्रसाद पौडेलले १८ हजार १ सय ९२ मत ल्याएका छन् । तोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंहले १७ हजार ५ सय ६० मत ल्याएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया