स्थानीय तह निर्वाचन २०७९

कागेश्वरी मनोहराको मेयरमा कांग्रेस विजयी

इकागज |
जेठ ६, २०७९ शुक्रबार ७:३८ बजे

काठमाडौं - काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र कार्की निर्वाचित हुनुभएको छ । ११ हजार ३२२ मतसहित उनी मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत प्राप्त गरे।

उपमेयरमा भने एमाले निर्वाचित भएको छ । एमालेकी शान्ता थापा ९ हजार ९७५ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भोला चौलागाईंले ५ हजार ४२२ मत प्राप्त गरे ।



Author

थप समाचार
x