स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा रेणु ३ हजार २४० मतान्तरले अगाडि

इकागज |
जेठ ६, २०७९ शुक्रबार ९:४५ बजे

चितवन - भरतपुर महानगरपालिका मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले अग्रता बढाउदै लगेकी छन् । ५४ हजार ७८०  मतगणना हुँदा उनले ३ हजार २४० मतान्तर कायम गरेकी छन् ।

गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले २० हजार ७३९मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १७ हजार ४९९ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ९५६ मत पाएका छन् ।


उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २३ हजार १८८ मत पाउँदा राप्रपाका हिमला गुरुङको मत १३ हजार ८९३ मत पाएकी छन् ।


Author

थप समाचार
x