बिर्तामोडमा प्रमुख र उप्रमुखमा एमाले विजयी
फाइल फोटो
झापा - बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी बनेको छ ।
प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला विजयी बनेका हुन् । महतराले नेपाली कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरेका छन् । उनले १६ हजार ५२० मत प्राप्त गरेका छन् भने सिटौलाको १२ हजार ७६२ मत मात्र आएको छ ।
यसैगरी उपप्रमुखमा सङ्ग्रौला १५ हजार ५८६ मत प्राप्त गरी विजयी बनेका हुन् । उनका निकटम् प्रतिस्पर्धी सिपी कडरियाले आठ हजार ४५१ मत प्राप्त गरेका छन् ।
यसअघिको कार्यकाल बिर्तामोडको उपप्रमुख रहेकी महतरा जिल्लामा नगरपालिकाको प्रमुखमा निर्वाचित हुने पहिलो महिला बनेकी छिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया