भरतपुरमा रेनुको ३२०५ अग्रता कायमै
चितवन - भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छिन् । ५९ हजार ९१७ मतगणना हुँदा उनले २२ हजार ९८ मत ल्याएकी छन् ।
एमालेका उम्मेदवार विजय सुवेदीले १९ हजार ३९३ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ३ सय ७९ मत पाएका छन् । दाहाल सुवेदी भन्दा ३ हजार २ सय ५ मत अग्रता लिएकी छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २४ हजार ८५४ मत पाउँदा राप्रपाका हिमला गुरुङको मत १५ हजार ३०१ मत पाएकी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया