कांग्रेसले जित्यो ३०० स्थानीय तह, अझै २५ मा अग्रता
काठमाडौं– नेपालभरका ७५३ स्थानीय तहमध्ये ३० वैशाखमा भएको निर्वाचनबाट नेपाली कांग्रेसले हालसम्म ३ सय पालिकामा विजय हासिल गरेको छ । ६७१ स्थानीय तहको मत परिणाम सार्वजनिक भएसँगै कांग्रेसले प्रमुख पदमा विजयी भएको भएको पालिकाको संख्या ३ सय पुगेको हो ।
कांग्रेसले हालसम्म ११६ वटा नगरपालिका र १८४ वटा गाउँपालिकामा प्रमुख पद जितेको छ ।
अन्तिम मतगणना परिणामअनुसार प्रदेश नं. १ मा ६१, मधेश प्रदेशमा ३८, वाग्मतीमा ५५, गण्डकीमा ३५ पालिकामा प्रमुख पद जितेको छ । त्यस्तै लुम्बिनीमा ५३, कर्णालीमा ३२ र सुदूरपश्चिममा ३६ पालिका कांग्रेसले जितेको हो । कांग्रेसले लुम्बिनीमा एक उपमहानगरमा समेत जित हासिल गरेको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले २६६ पालिकामा प्रमुख पद जितेको थियो । अहिले पनि कांग्रेसले अझै २५ पालिकामा अग्रता कायम गरिरहेको छ ।
कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले हालसम्म १८५, माओवादी केन्द्रले ११७, जनता समाजवादी पार्टीले २३, एकीकृत समाजवादीले १६ पालिकामा प्रमुख पद जितेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया