स्थानीय तह निर्वाचन २०७९

वीरगञ्जमा राजेशमान भेट्न सरावगीलाई निकै चुनौती

इकागज |
जेठ ७, २०७९ शनिबार १:२८ बजे

काठमाडौं– गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना अझै जारी छ । ७५३ स्थानीय तहमध्ये ६७८ स्थानको अन्तिम मत परिणाम सार्वजनिकसमेत भइसकेको छ ।

सार्वजनिक मत परिणामअनुसार कांग्रेस सबैभन्दा अगाडि छ  । उसलाई एमालेले पछ्याइरहेको हो ।


मतदान गरिएको साता बितिसक्दा पनि हालसम्म कुनै पनि महानगरपालिकाको मत परिणाम आइसकेको छैन । यसै क्रममा वीरगञ्ज महानगरपालिकामा पनि मतगणना जारी रहेको छ । यहाँ गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका राजेशमान सिंह चुनावी मैदानमा थिए । मेयर पदका लागि उनी उठेका हुन् ।

पछिल्लो मत परिणामअनुसार हालसम्म उनले २४ हजार ९ सय ६४ मत ल्याएर अग्रता कायमै राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सरावगीले १२ हजार ८ सय ७४ मत मात्रै प्राप्त गरेका छन् ।

मत अन्तरको गणितले सरावगीले सिंहलाई भेट्न निकै चुनौती देखिन्छ ।
 


Author

थप समाचार
x