विदुरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी
काठमाडौँ- नुवाकोटको विदुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजनलाल श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) को उम्मेदवार प्रभा बोगटी विजयी भएका छन् । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३० मा भएको मतदानको आज साँझ सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार नगर प्रमुखमा श्रेष्ठले १५ हजार ८ सय २६ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सञ्जु पण्डितले १२ हजार १५४ मत पाए ।
नगर उपप्रमुखमा माओवादी केन्द्रको उम्मेदवार प्रभा बोगटी निर्वाचित भएकी छिन् । वोगटीले १२ हजार ८ सय ६० मत पाइन् भने उनकी प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार अम्बिका पौडेलले ११ हजार ९ सय ९५ मत ल्याएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिए । नगर प्रमुखमा विजयी भएका श्रेष्ठ नुवाकोट उद्योग वाणिज्य सङ्घको जिल्ला अध्यक्ष हुँदै, उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यको अहिले दोस्रो कार्यकालको जिम्मेवारीमा रहँदै गर्दा राजनीतिमा प्रवेश गरेका थिए ।
तेह्र वटा वडा रहेको विदुरमा कांग्रेस र एमालेले पाँच वडामा, र माओवादी केन्द्रले तीन वडामा विजयी हासिल गरेको छ । विदुरको वडा नंं १ मा लेनिन रञ्जित, वडा नंं २ मा दीपक कायस्थ, वडा नं. ३ मा बद्री रिमाल, वडा नंं ४ मा निलमबाबु ढुङ्गेल, वडा नं ५ लिलानाथ न्यौपाने, वडा नं ६ मा श्यामकृष्ण चालिसे, वडा नंं ७ मा रवीन्द्र नेपाल, वडा नंं ८ मा कमल श्रेष्ठ, वडा नंं ९ मा हरेराम भण्डारी, वडा नं १० मा गणेशकुमार नेपाल, वडा नंं ११ मा बाबुराम लामा, वडा नं १२ मा उपेन्द्र खड्का र वडा नंं १३ मा भरत तामाङ निर्वाचित भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया