भरतपुरमा रेनुको अग्रता कायमै, एमालेका सुवेदीभन्दा ५५१८ मतले अगाडि
चितवन– चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ५ हजार ५ सय १८ मतले अग्रता लिएकी छन् । हालसम्म ७३ हजार ७ सय ८७ मतगणना हुँदा उनले २८ हजार ६ सय ८ मत प्राप्त गरेकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बिजय सुवेदीले २३ हजार ९० मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार १३ मत पाएका छन् ।
त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३० हजार ९ सय १ र राप्रपाकी हिमला गुरुङले १७ हजार ९ सय २० मत प्राप्त गरेकी छन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार महानगरको १४ वडासम्मको मतगणना सम्पन्न भइसकेको छ भने अहिले वडा १५ र १६ को मतगणना जारी छ ।
महानगरमा २९ वडा छन् । कुल १ लाख २७ हजार ५ सय ६६ मत खसेको छ । जम्मा मतदाताको ६८ दशमलव ६८ प्रतिशत मत खसेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया