झापाको अर्जुनधारामा गठबन्धनलाई हराउँदै एमाले विजयी
काठमाडौं–झापाको अर्जुनधारा नगरपालिकामा पाँच दलीय गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ । मेयर पदमा एमालेका बलदेवसिंह गोम्देन तामाङले १९ हजार १ सय ६९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसकी रंजिता कार्कीले १३ हजार ७ सय ४३ मत ल्याएकी छिन् ।
यस्तै उपप्रमुखमा एमालेकी खड्गमाया पराजुलीले १७ हजार ६ सय ३७ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका जितेश योन्जनले ९ हजार ७१ मत ल्याएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया