७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?
काठमाडौं - हालसम्म ७०५ पालिकाको मतगणना सम्पन्न भएको छ । अब ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।
हालसम्म मतपरिणाम सकिएका पालिकामध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार विजयी बनेका छन् ।
आयोगका अनुसार कांग्रेसले हालसम्म ३११ पालिकाको प्रमुख तथा अध्यक्ष जितिसकेको छ भने मतगणना भइरहेकामध्ये १४ पालिकामा अग्रता लिइरहेको छ ।
यस्तै, एमालेले हालसम्म १९० पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये १६ वटाको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
माओवादीका उम्मेदवार १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष पदमा विजयी बनिसकेका छन् भने २ पालिकामा अग्रता लिइरहेका छन् ।
जनता समाजवादी पार्टी, नेपालले हालसम्म २७ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना चलिरहेकामध्ये ३ पालिकामा जनता समाजवादी पार्टीको उम्मेदवारले अग्रता लिएका छन् ।
नेकपा (एकीकृत समाजवादी)ले १७ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये दुईवटामा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
तोकतान्त्रिक समाजवादी पार्टी, नेपालले हालसम्म १२ पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् भने ५ वटामा अग्रता लिइरहेका छन् ।
आयोगका अनुसार हालसम्म २८ पालिकाको प्रमुख तथा अध्यक्ष पद अन्य दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् । मतगणना भइरहेकामध्ये तीन पालिकामा अझै स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया