डाक्नेश्वरीको प्रमुख र उपप्रमुखमा एमाले विजयी
फाइल फोटो
सप्तरी - सप्तरीको डाक्नेश्वरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजय भएका छन्। एमालेबाट प्रमुखमा उम्मेदवारी दिएका रामलखन मलाह र उपप्रमुखमा उम्मेदवारी दिएकी मीराकुमारी यादव विजयी भएका हुन्।
मलाहले ५ हजार ८५४ मत प्राप्त गरि विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण यादवले ५ हजार ३९६ मत प्राप्त गरे।
उपप्रमुखमा एमालेकै मीरा कुमारी यादवले ६ हजार १९७ मत प्राप्त गरि विजय भए।
उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी इन्दुकुमारी यादवले ५ हजार २०९ मत प्राप्त गरिन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया