काठमाडौँमा बालेन १८ हजार बढी मतले अगाडि, सिंह र स्थापितले कति पाए ?
फाइल फोटो
काठमाडौँ - काठमाडौँ नगरपालिकामा प्रमुखका उम्मेदवार बालेन शाहले आफ्नो मतान्तर फराकिलो बनाएका छन् । यो समाचार तयार पार्दासम्म १ लाख २१ हजार ३७५ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहले ४२ हजार ९०२ मत पाएका छन् ।
यस्तै दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २४ हजार ८६७ मत पाएकी छिन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार ९८५ मत पाएका छन् ।
हालसम्म काठमाडौँका १७ वडाको मतपरिणाम आइसकेको छ । बाँकी वडाको मतगणना जारी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया