स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा रेनु दाहाल जितनजिक

इकागज |
जेठ ९, २०७९ सोमबार १५:४६ बजे

चितवन- भरतपुर महानगरपालिकामा १ लाख १३ हजार ८ सय ७७ मत गणना हुँदा नेकपा माओवादीकी मेयर उम्मेदवार रेनु दाहालले ४६ हजार ९ सय ८८ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका उम्मेदवार बिजय सुवेदीले ३५ हजार ४७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९ सय ६६ मत ल्याएका छन् ।


सुवेदी भन्दा दाहाल १० हजार ९ सय २६ मतले अगाडि छिन् । महानगरमा १३ हजार ६ सय ८९ मत गणना गर्न बाँकी छ । त्यस्तै नेपाली कांग्रेसका उपमेयर चित्रसेन अधिकारीले ४६ हजार ९ सय ८८ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले २७ हजार ५ सय ९५ मत ल्याएका छन् ।

महानगरमा २९ वडा छन् । निर्वाचनमा कूल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेका छन् । कूल मतदाताको ६८ दशमलव ६८ प्रतिशत छन् ।


Author

थप समाचार
x