स्थानीय तह निर्वाचन
के गर्दा मत बदर हुन्छ, सही तरिकाले मतदान कसरी गर्ने ?
काठमाडौँ- स्थानीय तहको निर्वाचन शुक्रबार हुँदैछ । शुक्रबार देशभरका ७५३ स्थानीय तहमा जनप्रतिनिधि छनोट गर्न चुनाव हुँदैछ। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रतिनिधिका लागि एकैसाथ चुनाव हुन लागेको हो ।
निर्वाचनमा धेरै मतदाताहरूको मत बदर हुने गरेको छ । निर्वाचनको माध्यमबाट आफूले छनौट गर्ने अवसर मतदाताले गुमाउने गरेका छन् । धेरैजसो मतदाताको नजानेर मत बदर हुन्छ ।
आफूले पाएको अधिकार प्रयोग गरी मत खेर जान नदिन भनेर मतदाता आफैँ सचेत हुनुपर्छ ।
मतदान केन्द्रमा मतपत्र कसरी बदर हुन्छ ?
- सम्बन्धित मतदान अधिकृतको दस्तखत नहुँदा ।
- औठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिन्ह बाहेक अन्य चिन्ह वा छाप लगाई मत सङ्केत गरिएको अवस्थामा ।
- मत संकेत चिन्ह नबुझिने गरी लत्पतिएको वा च्यातिएको ।
- उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरिएको ।
- उम्मेदवार नरहेको निर्वाचन चिन्हमा मत संकेत नगरिएको ।
- निर्वाचित गर्नुपर्ने संख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा छुट्टा छुट्टै मत संकेत गरिएको ।
- मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको ।
- आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको ।
- मतपेटिका भन्दा बाहिर राखिएको ।
- जाली मतपत्र
निर्वाचनको समयमा मतदाताले के गर्नुपर्छ ?
- मताधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने ।
- निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक सहयोग पुर्याउने ।
- मतदानमा प्रतिकूल असर पार्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र आफू पनि कुनै होहल्ला वा हुलदङ्गामा नलाग्ने ।
- मतदानको दिन कुनै दल वा उम्मेदवारको नाम, निर्वाचन चिन्ह वा संकेत भएको पहिरन, परिचयपत्र र ब्याज नलगाउने ।
- मतदानको दिन सवारी साधन प्रयोग गरी आवत-जावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने कार्य नगर्ने तर शारीरिक रुपले अशक्त वा हिँडडुल गर्न नसक्ने मतदाताको लागि मतदान अधिकृतले तोकिदिएको सवारी साधन प्रयोग गर्न सकिने ।
- आचार-संहिता उल्लंघन भएको देखिएमा निर्वाचन आयोग, निर्वाचनमा खटिएका कर्मचारीलाई जानकारी गराउनु पर्नेछ ।
- कसैले पनि अर्को मतदाताको नामको मतपत्र बुझिलिन वा अर्काको नामबाट मतदान गर्न हुँदैन ।
- एउटै निर्वाचनका लागि एक भन्दा बढी पटक मतदान गर्न हुँदैन ।
- कसैले पनि पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौँडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन । यदि कसैले आचार संहिता उल्लंघन गरेमा कानुन बमोजिम कारबाही हुन्छ ।
-
सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?
- शीर्षककै आधारमा वा मन परेको आधारमा लाइक, सेयर र कमेन्ट नगर्ने ।
- सूचनाको विश्वसनीयता जाँच गरौ ।
- निर्वाचनमा प्रभाव पार्ने उदेश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउन्ट सञ्चालन नगर्ने ।
- निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण अभिव्यक्ति दिने जस्ता कार्य नगर्ने ।
- कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी/गराई सामाजिक सञ्जालमा शेयर, लाइक वा कमेण्ट नगरौ ।
- कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्ने तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण नगरौ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया