कैलालीमा मतदान र मतगणनास्थलको तयारी पूरा
कैलाली– भोलि हुने स्थानीय तह निर्वाचनका लागि कैलाली जिल्लामा मतदान र मतगणना स्थलको तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश जयानन्द पनेरुले मतदान र मतगणनाका लागि स्थानहरु छनौट भई सम्पूर्ण तयारी पूरा भएको बताए ।
१३ वटा स्थानीय तह रहेको कैलालीमा २३६ मतदान स्थल कायम रहेका छन् । जसमा ५२ वटा मतदानस्थललाई अति संवेदनशील, ५३ ओटा संवेदनशील र वाँकी १३१ मतदानस्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।
त्यस्तै कैलालीमा पाँच लाख २५ हजार १२५ मतदाता रहेका छन् । जसमा महिला दुई लाख ७९ हजार १०, पुरुष दुई लाख ५६ हजार १०४ र अन्य ११ रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । कैलालीमा सबैभन्दा बढी मतदाता धनगढी उपमहानगरपालिकामा रहेका छन् । यहाँ ९३ हजार १५१ मतदाता रहेका छन् ।
यस्तै, गोदावरी नगरपालिकामा ५५ हजार ४९२, लम्कीचुहा नगरपालिकामा ५३ हजार ९४६, टीकापुर नगरपालिकामा ५२ हजार ८६२, घोडाघोडीमा ५२ हजार ४०, गौरीगङ्गा नगरपालिकामा ४० हजार १८ मतदाता रहेका छन् । कैलारी गाउँपालिकामा ३६ हजार ७३५, जानकी गाउँपालिकामा ३५ हजार ४०६, भजनी नगरपालिकामा ३३ हजार ९३१, जोशीपुर गाउँपालिकामा २५ हजार ४४६ मतदाता रहेका छन् ।
त्यसैगरी, बर्दगोरिया गाउँपालिकामा २२ हजार १८१, मोहन्यालमा ११ हजार ९८४ र चुरे गाउँपालिकामा सबैभन्दा कम ११ हजार ९२३ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
धनगढी उपमहानगरपालिकाको मतगणना उपमहागरपालिकाकै नयाँ भवनमा गरिने मुख्य निर्वाचन अधिकृत पनेरुले बताए । उनले बुधबार बसेको सर्वदलिय बैठकले हस्तान्तरण हुन बाँकी रहेको उपमहानरपालिकाको नवनिर्मित भवनमै मतगणना गर्ने सहमती भएको बताउँदै सिसि क्यामेरा जडान लगायतका कामहरु सम्पन्न भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया