सुनसरीका सात पालिकामा शुक्रबार बिहानसम्म निषेध आदेश
विराटनगर - जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँचवटा पालिकामा बिहीबार साँझ ८ बजेदेखि मतदान हुने दिन शुक्रबार बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका, कोसी गाउँपालिका, हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाका सवै क्षेत्रमा निषेध आदेश जारी गरेको हो ।
त्यस्तै इटहरी उपमहानगरपालिकाको वडा नम्बर ३, दुहबी नगरपालिकाको वडा नम्बर १, ८ र ९ र इनरुवा नगरपालिका वडा नं. ३, ९ र १० मा समेत निषेध आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जारी गरेको उक्त आदेशमा सुरक्षा निकायसँग समन्वय गरेर बाहेक व्यक्तिगत वा सामूहिक हिसाबले कोही पनि घर बाहिर ननिस्कन भनिएको छ ।
आदेशविपरीत घरबाहिर हिँडडुल गएको पाइएमा वा अटेर गरे स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने चेतावनी दिइएको छ । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा शान्ति सुरक्षामा खलल पर्नसक्ने भन्दै प्रशासनले सजगताका लागि यस्तो आदेश गरेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया