स्थानीय तह निर्वाचन २०७९

मोरङको लेटाङ नगरपालिका र भोजपुरको अरुण गाउँपालिकाका दुई केन्द्रमा मतदान सुरु हुन सकेन

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार ८:५३ बजे

विराटनगर - स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश १ का छिटपुट मतदान केन्द्रबाहेक अधिकांश मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सुरु भएको छ । मोरङको लेटाङ नगरपालिकाको शान्ति भगवती मावि र भोजपुरको अरुण गाउँपालिकास्थित विश्वप्रेमी मावि केन्द्रमा मतदान सुरु नसकेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए ।

मोरङको शान्ति भगवती माविमा मतदाता नामावलीमा अन्यत्रका मान्छेको नाम रहेको आरोप लगाउदै काङ्ग्रेस र एमालेबीच बिवाद हुँदा मतदान सुरु हुन नसकेको जनाइएको छ । त्यसैगरी भोजपुरको विश्वप्रेमी मावि केन्द्रमा गएराती दलका कार्यकर्ताबीच झडप भएका कारण मतदान सुरु हुन नसकेको प्रवक्ता राईले बताए ।


बिहान ७ बजे मतदान शुरु हुन लाग्दा पानी परेका कारण केही मोरङ, सुनसरी र उदयपुरका केही मतदान केन्द्रमा २० मिनेट जति मतदान सुरु हुन ढिलाइ भएको थियो । सुनसरीको २५ वटा केन्द्रमा पानीले मतदान प्रभावित भएकोमा पानी रोकिएकोले त्यहाँ पनि मतदान सुरु भइसकेको जनाइएको छ ।


Author

थप समाचार
x