स्थानीय तह निर्वाचन २०७९

मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त छैन् : बाबुराम भट्टराई

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार ११:३९ बजे

 काठमाडौँ - जनता समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराइले लोकतन्त्रमा आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न पाउनुपर्ने बताएका छन् । मतदान आफूले गरेको मतदान सार्वजनिक गरेका भट्टराइले एक ट्वीट गर्दै मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त नभएको जनाएका छन् ।


हेर्नुहोस उनको ट्वीट

 लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो। मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुॅदैन। गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो। तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन!


Author

थप समाचार
x