स्थानीय तह निर्वाचन २०७९

मोरङमा मध्यान्नसम्म ४० प्रतिशत मत खस्यो

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार १३:३२ बजे

विराटनगर - मतदानको मध्यान्नसम्म मोरङमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार केही पालिकाबाट अझै पनि विवरण आउन बाँकी रहेको र जिल्लाभर औसतमा ४० प्रतिशत मत खसेको जनाइएको छ ।

बिहान ७ बजे मतदान शुरु हुने बेलामा पानी परेर मतदान सुरु हुन ढिला भएको, केहि केन्द्रमा हावाले त्रिपाल उडाएर क्षति पुर्‍याएकोले मतदान समयमा सुरु हुन सकेको थिएन ।


मुख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी हेम बहादुर बुढाथोकीका अनुसार साढे १२ बजेसम्मको प्राप्त विवरण अनुसार ३७ प्रतिशत मत खसेको विवरण आएको जनाइएको छ । एउटा मतदान केन्द्रमा साढे ९ बजेमात्रै मतदान सुरु भएको लेटाङमा ३५ प्रतिशत बढी मत खसिसकेको निर्वाचन अधिकृत पुण्य प्रसाद ढकालले बताए ।

मोरङकै रतुवामाई नगरपालिकामा ४० प्रतिशत, सुन्दरहरैचा नगरपालिकामा ३७ प्रतिशत, सुनबर्षी नगरपालिकामा ३५ प्रतिशत मत खसेको त्यहाँका निर्वाचन अधिकृतहरुले बताए ।


Author

थप समाचार
x