स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा २८ मत गणना हुँदा रेणुको अग्रता

इकागज |
बैशाख ३१, २०७९ शनिबार १३:३८ बजे

फाइल तस्बिर

चितवन- भरतपुर महानगरपालिकामा २८ मत गणना हुँदा रेणु दाहालले १२ मत प्राप्त गरेकी छिन् । विजय सुवेदीले भने ११ मत प्राप्त गरेका छन् । त्यसैगरी जगन्नाथ पौडेलले १ मत प्राप्त गरेका छन् ।

दाहाल गठबन्धनबाट नेकपा माओवादीबाट मेयरको उम्मेदवार बनेकी छिन् । सुवेदी एमालेको तर्फबाट उम्मेदवार बनेका हुन् ।


स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् । महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।

भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो । 


Author

थप समाचार
x