मकवानपुरगढीमा विवादपछि गणना स्थगित
मकवानपुर - मकवानपुरगढी गाउँपालिकामा मगणनाको क्रममा विवाद भएको छ । मतगणनाको क्रममा विवाद भएपछि तत्कालका लागि मतगणना स्थगित गरिएको छ । सर्वदलीय वैठकको क्रममा मतगणना सुरु हुनु अघि गाउँपालिकाका कर्मचारी जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मतगणनामा सहभागी नगराइने सहमति भएको थियो ।
तर उनलाई मतगणनाको क्रममा चेकजाँच नगरी भित्र पठाएको भन्दै विरोध भएपछि विवाद सुरू भएको हो । अहिले मत गणना रोकिएको छ । अहिलेसम्म गाउँपालिका–१ र ८ को मतगणनामा गठबन्धन अगाडि देखिएको छ । गठबन्धनलाई एमालेले पछ्याउदै आएको छ । १ नम्बरको सय मत र वडा नम्बर आठको २ सय मत गणनाहुँदा गाउँपालिका अध्यक्षको गठबन्धनबाट नेपाली कांग्रेसका दोर्जे लामा स्याङतानले १ सय ७४ मत प्राप्त गरेका छन् ।
एमालेका विदुर हुमागाईंले ९० मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रकी मानकुमारी पाख्रिन नेपालीले १ सय ५१ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याउँदै एमालेकी सन्तु थिङले ८९ मत प्राप्त गरेकी छ । मतगणनास्थलमा पत्रकार समेतलाई समेत प्रवेश निषेध गरिएको ले मतगणनास्थल बाहिर भएका स्थानियबाट विरोध भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया