स्थानीय तह निर्वाचन २०७९

धादिङ: धुनीबेंसीमा समाजवादीका आचार्य अगाडि

इकागज |
जेठ १, २०७९ आइतबार ८:५७ बजे

काठमाडौँ- धादिङ जिल्लाको धुनीबेंसी नगरपालिकाको जारी मतगणनामा नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदावार बालकृष्ण आचार्यले अग्रता लिएका छन् । ७ सय ९१ मत ल्याएका आचार्यलाई नेकपा एमालेका रामराजा पाण्डेले ५ सय ५३ मत ल्याएर पच्छाइरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका केशव धितालले १९ मत ल्याएका छन्।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका सुरज श्रेष्ठ ६ सय ८० मत ल्याएर अग्रता लिएका छन् । उनलाई एमालेकी मन्दिरा श्रेष्ठले ५ सय ३० मत ल्याएर पच्छाइरहेकी छिन् ।



Author

थप समाचार
x