धादिङमा १२ वडाको मतपरिणाम सार्वजनिक: कसले कहाँ जिते ?
काठमाडौँ- धादिङको १२ वडाको नतिजा सार्वजनिक भएको छ । १२ मध्ये कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले ३ समाजवादी १ तथा राप्रपाले १ वडामा जित हासिल गरेको छ। अन्य स्थानको मतगणना जारी रहदा केही वडाको नतिजा भने सार्वजनिक भैसकेका छन् ।
कांग्रेस
जसमा नेपाली कांग्रेसले बेनिघाट रोराङ–३ मा गठबन्धनबाट कांग्रेसका ऋषिनाथ त्रिपाठी विजयी भएका छन् । रुवी भ्याली–१ मा गठबन्धनतर्फ कांग्रेसका पम्बर तामाङ विजयी भएका छन् । नेत्रावती डबजोङ–१ मा कांग्रेसका ठाकुर गुरुङ विजयी भएका छन्। बेनिघाट रोराङ गाउँपालिका–१ को वडाध्यक्षमा काँग्रेसका जिवन सिं तामाङ विजयी भएका छन्।
नेकपा एमाले
त्यस्तै ज्वालामुखी–१ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कृष्ण गिरी विजयी भएका छन् । गल्छी–१ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका यदु कुमार खतिवडा विजयी भएका छन् । गल्छी–२ मा नेकपा एमालेका उम्मेदवार षडानन्द खनाल विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्र
माओवादी केन्द्रका नीलकण्ठ १ को वडा अध्यक्षमा उम्मेदवारी दिएका गणेश गुरुङ विजयी भएका छन्। बेनीघाट रोराङ २ को अध्यक्षमा हेम भुजेल विजयी भएका छन्। धुनीबेंसी नगरपालिका वडा नम्बर १ मा मानबहादुर तामाङ विजयी भएका छन् ।
नेकपा एकीकृत समाजवादी
एकीकृत समाजवादीका रुवी भ्याली–२ को अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका रुप घले विजयी भएका छन् ।
राप्रपा
त्यस्तै खनियाबास-१ मा राप्रपाका सोनाम लामा विजयी भएका छन् । प्रतिस्पर्धी एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै लामाले देशभरिमै राप्रपाको खाता खोलेका हुन् । विजयी लामाले २ सय ३७ मत पाएका छन् ।
एमालेका उम्मेदवारले १ सय ९० र कांग्रेसका उम्मेदवारले १ सय ८२ मत प्राप्त गरेका छन् । कुल ८ सय २६ मतदाता रहेको खनियाबास-१ भौगोलिक हिसाबले विकट मानिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया