जुम्लाको कनकासुन्दरी-८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी
काठमाडौँ - जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानल नै विजयी भएको छ । वडामा अध्यक्षसहित जना स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् । धनबहादुरले २ सय ८८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी काँग्रेसका कप्तानबहादुर शाहीले २२० मत ल्याए ।
वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्की विजयी भएका छन् । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजयी भइन् ।
एक जना महिला सदस्य मात्र कांग्रेसबाट विजयी भएकी छन् । महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्ले विजयी भएकी छिन् । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारलाई अघि सारेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया