हेटौंडा उपमहानगरपालिका एकीकृत समाजवादी र एमालेबीच कडा प्रतिस्पर्धा
काठमाडौँ- हेटौडा उपमहानगरपालिकामा मेयरमा कडा प्रतिस्पर्धा देखिएको छ। नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र नेकपा एमालेका अनन्तप्रसाद पौडेलबीच कडा प्रतिस्पर्धा देखिएको हो।
समाजवादीकी मीना कुमारी लामाले २१३० मत ल्याउँदा एमालेका अनन्तप्रसाद पौडेलल २१२८ मत ल्याएका छन् । तोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंहले २००१ मत ल्याएका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानियाँ २२२६ मत ल्याएका छन् । बानियाँलाई नेकपा एमालेकी सुमित्रा काफ्लेले १८ सय ६ मत ल्याएर पच्छाइरहेकी छिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया